दोलखा / मङ्गलवार आश्विन शुक्ल द्वितीया नवरात्रिको दोस्रो दिन माता दुर्गाको ब्रह्मचारिणी स्वरूपको पूजा–आराधना गरिएकाे छ। दोलखा जिल्लाको भिमेश्वर–५ स्थित धार्मिक तथा पर्यटकिय हिसाबले प्रख्यात महाँङ्काल भगवती मन्दिरमा विशेष पूजा–आराधना सम्पन्न गरिएकाे हाे।
नवरात्रिको दोस्रो दिन ब्रह्मचारिणी देवीलाई तपस्या, संयम र धैर्यताको प्रतीकका रूपमा पूजिन्छ। शास्त्रअनुसार देवीलाई सेतो रंग प्रिय हुने भएकाले नवरात्रिको दोस्रो दिन भक्तजनहरूले सेतो वस्त्र धारण गरी विशेष पूजा गर्ने परम्परा छ।
विश्वास गरिन्छ, ब्रह्मचारिणी देवीको कृपाले साधकमा आत्मविश्वास, सहनशीलता र तपस्याको शक्ति प्राप्त हुन्छ। यसै दिनदेखि भक्तजनहरूले घर–घरमा राखिएको जमरा स्याहार गर्ने चलन पनि सुरु हुन्छ। नेपालका विभिन्न मन्दिर तथा देवीस्थलमा मात्र नभई विदेशमा रहेका नेपाली समुदायले पनि नवरात्रिको अवसरमा विशेष पूजा कार्यक्रम आयोजना गरी यस पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्