दोलखा/दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ पोखरेमा रहेको चण्डिका आधारभूत विद्यालयलाई दशै– तिहारको आगमनसंगै रङराेगन गरेर चिटिक्क पारिएको छ ।
विद्यालयमा रहेको चारवटा भवनमा रङराेगनको लागि एसएस फाउण्डेनका संरक्षक समाजसेवि शोभित उप्रेतीले व्यक्तिगत रुपमा सहयोग गर्नु भएको एसएस फाउण्डेशनका दोलखा संयोजक नवराज खड्काले बताए ।
विद्यालयको सरसफाई र रङराेगनको लागि एसएस फाउण्डेशनका दोलखा संयोजक नवराज खड्का मार्फत समाजसेवी शोभित उप्रेतीले सहयोग गरेको भन्दै विद्यालयका प्रधानाध्यापक ढालबहादुर थापाले धन्यवाद ज्ञापन गरेका छन् ।
एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेतीले दोलखाका बिभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरु लाई फाउण्डेशनको तर्फबाट स्कूल ब्याग र स्टेशनरी सामग्रीहरु समेत उपलब्ध गराउदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्