दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर– ६ शेर्पा आलम्पुमा मंगलवार विहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
मंगलवार विहान ११ बजेतिर आलम्पुकै ढुङ्गाखानी रहेको ग्राग्रीफुटे जाँदै गरेको प्रदेश १–०१००१ त ८८७२ नम्बरको ट्रयाक्ट कच्ची सडकमा आफै अनियन्त्रीत भै सडक बाट १५ मीटर तल खसेको थियो ।
दुर्घटनामा परी दोलखा जिल्ला विगु गाँउपालिका वडा नम्बर– ६ आलम्पुका ५५ बर्षका मकर थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए ।
दुर्घटनामा परी आलम्पुकै ३५ बर्षका कुबेर थामी, ५७ बर्षका पल बहादुर थामी र १५ बर्षका आशिष थामी घाईते भएको र उनीहरुको सिंगटी अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्