दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिकाले आर्थिक बर्ष २०८१/०८२ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार भएको सार्वजनिक सुनवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले पालिकाले आर्थिक बर्ष २०८१/०८२ मा गरेका बिभिन्न गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीय राजन घतानी, प्रेम बहादुर तमाङ लगायतले पालिकाले आर्थिक बर्ष २०८१/०८२ मा सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा जिज्ञासा सहित सुझाब प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा पालिका प्रमुख विश्वास कार्कीले आर्थिक बर्षको अन्तिममा भुक्तानी गर्ने आम प्रवृत्ति प्रति सचेत हुदै गौरीशङ्कर गाँउपालिकाले हरेक बर्ष असार १५ गतेभित्रै भुक्तानीको काम सम्पन्न गर्दै आएको बताउनु भयो । उहाँले आर्थिक बर्ष २०८१/०८२ मा पालिकाको भौतिक एवम् सामाजिक विकासमा उल्लेख्य काम भएको चर्चा गर्नुहुदै नयाँ आर्थिक बर्षमा समेत त्यसलाई निरन्तरता दिईने बताउनु भयो ।
पालिका उपप्रमुख उमा लुङ्गेली मगरले आफु निर्वाचित भएर आएको छोटो समयमै योजना अनुगमन लगायतका कामलाई प्राथामिकताका साथ अघि बढाएकोले भुक्तानीको काम समयमै सकिएको बताउनु भयो । उपप्रमुख मगरले पालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि कृषि, पर्यटन लगायतलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरिएको र ती कामहरु सक्रियता पूर्वक अघि बढाईने बताउनु भयो ।
सार्वजनिक सुनवाई कार्यक्रममा गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश बहादुर खड्का, पत्रकार चिरञ्जीवी मास्के, गोकर्ण प्रसाद भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्