दोलखा/दोलखा सदरमुकाम चरिकोटमा रहेको एपेक्स स्कूलले आईतवार दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा प्रि नर्सरी देखी कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई दीक्षित गरिएको विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल नसिव कायस्थले बताए ।
सो अवसरमा बार्षिक खेलहरुमा विजयी विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । दीक्षान्त तथा सम्मान कार्यक्रमले बालबालिकाहरु पढाई प्रति थप आकर्षित हुने भएकोले यसले उनीहरुको शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पर्ने प्रिन्सिपल नसिव कायस्थ बताउछन् ।
कार्यक्रममा अभिभावक समेत रहेका दोलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेतीले एपेक्सले जीवन उपयोगी शिक्षा दिएको र विद्यार्थीहरुको बोल्न सक्ने बानीको विकास गराएको बताए । महासचिव उप्रेतीले एपेक्सले सुलभ शुल्कमा काठमाडौँका उत्कृष्ठ विद्यालयहरुले दिने सरहको सेवा, सुविधा दिएको बताए ।

अर्का अभिभावक इन्जिनियर युधिष्ठीर केसीले नीजि विद्यालयका शिक्षकहरुको पारिश्रमिक सामुदायीक विद्यालयका शिक्षकहरुको भन्दा कम हुने गुनासो सुनिने गरेकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा विद्यालयका संयोजक अन्जित लामाले स्वागत गरेका थिए ।
१२ जना विद्यार्थीबाट सुरु गरिएको एपेक्स स्कूलमा अहिले दुई सय ६४ जना विद्यार्थी भएको र यो सबै अभिभावकहरु को विश्वास र शिक्षकहरु को मेहेनतको प्रतिफल भएको विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल नसिव कायस्थले बताए ।
विद्यालयले चैत्र २२ गते शुक्रवारबाट नतिजा संकलन गर्ने र २०८२ बैशाख ७ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने प्रिन्सिपल कायस्थले बताए ।


प्रतिक्रिया दिनुहोस्