बागमतीयो पनिसमाचार

सुडालका जेष्ठ नागरिकलाई न्यानो कपडा

काठमाडौँ/भक्तपुरको सुडालका जेष्ठ नागरिकहरु लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्व मन्त्री एवम् संघिय सांसद पशुपति शम्सेर जबराले न्यानो कपडा (ज्याकेट) वितरण गर्नु भएको छ ।
एसएस फाउण्डेशनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सह– कोषाध्यक्ष एवम् फाउण्डेशनका संरक्षक शोभित उप्रेतीले उपलब्ध गराउनुु भएको न्यानो कपडा (ज्याकेट) सुडालका ७५ बर्ष माथिका एक सय ४७ जना जेष्ठ नागरिकलाई वितरण गरिएको थियो ।
सो अवसरमा राप्रपा नेता एवम् संघिय सांसद पशुपति शम्सेर जबराले एसएस फाउण्डेशनको तर्फबाट बिभिन्न सामाजिक कार्य गर्दै आएको भन्दै संरक्षक शोभित्र उप्रेतीको प्रशंसा गर्नु भयो । सांसद जबराले सामाजिक अभियानबाट नागरिक प्रत्यक्ष लाभान्वित हुुने भएकोले यस्तो कार्यलाई निरन्तरता दिनुुपर्ने बताउनुु भयो ।
राप्रपाको वडा कार्य समितिले संयोजन गरेको कार्यक्रममा राप्रपाका नेताहरु रविन्द्र प्रताप शाह, भीमसेन पुुरी लगायतको सहभागिता रहेको थियो ।
चिसो मौसममा जेष्ठ नागरिकहरुलाई उपयोगी हुुने ठानेर एसएस फाउण्डेशनको तर्फबाट आफुले न्यानो कपडा (ज्याकेट) उपलब्ध गराएको फाउण्डेशनका संरक्षक एवम् राप्रपा नेता शोभित उप्रेतीले बताउनुु भयो ।

सम्बन्धित समाचार