अर्थ र ब्यापारकृषि र सहकारीसमाचार

मकैको खोयामा च्याउ खेती

दोलखा/चरिकोट पुराना बजारका युवा व्यवसायी श्रीराम श्रेष्ठले मकैको खोयामा च्याउ रोपेका छन् । पहिलो पटक यो महिना मकैको खोयामा झण्डै २५ केजी च्याउ भएको श्रीरामले बताए ।
पाँच बर्ष अघिदेखी परालमा च्याउ खेती गर्दै आएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर– ३ पुरानो बजारका व्यवसायी श्रीराम श्रेष्ठले परिक्षणको लागि पहिलो पटक मकैको खोयामा च्याउ खेती सुुरु गरेका हुुन् ।
एक पटक राखिएको मकैको खोयामा एक बर्षसम्म च्याउ खेती गर्न सकिने भएकोले युटुुभमा हेरेर पहिलो पटक परिक्षणको रुपमा पाँच बोरा खोयामा च्याउ लगाएको श्रीराम बताउछन् । पहिलो पटक च्याउ काट्दा २५ केजी भएको छ श्रीरामले भने– परालको भन्दा मकैको खोयामा लगाएको च्याउ केही स्वादीलो समेत भएकोले यसैलाई बढाउने तयारीमा छुु ।
पहिले थोरै परालको पोकामा च्याउ खेती सुुरु गरेका श्रीरामले अहिले परालको पोकामात्र तीनसय वटा पुु¥याएका छन् । अझ यसलाई बढाएर पूर्णरुपमा व्यवसायीक खेती गर्ने तयारीमा छुु– श्रीरामले भने ।


उनी आफुुले उत्पादन गरेको च्याउलाई केजीको दुुईसय देखी दुुईसय ५० रुपैयासम्ममा चरिकोट बजारमै बिक्रि गर्छन । उत्पादन बढ्दै गएपछि बजार समेत विस्तार गर्ने श्रीराम बताउछन् । अहिले बार्षिक २÷३ लाखको च्याउ बिक्रि गर्दै आएको छुु श्रीरामले भने– बजार विस्तार भएपछि आम्दानि समेत बढ्ने अपेक्षा छ ।
च्याउ खेतीको लागि श्रीरामलाई भीमेश्वर नगरपालिकाले केही आवश्यक मेसिन– औजार र प्राविधिक सहयोग दिएको छ । नगरपालिकाको थप सहयोग भए व्यवसाय विस्तारमा टेवा पुुग्ने श्रीरामको अपेक्षा छ ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुुख इश्वर नारायण मानन्धर नगर भित्रका व्यवसायीहरुलाई नगरपालिकाले सहयोग गर्दै आएको र त्यस्तो सहयोग व्यवसायको प्रकृति हेरेर बढाउदै लैजाने बताउछन् । नरगभित्रका युुवा व्यवसायीलाई नगरपालिकाले थप सहयोग गर्ने नगरप्रमुुख मानन्धरको भनाई छ ।

सम्बन्धित समाचार