दोलखा/दोलखा जिल्ला निर्माण व्यवसायी संघले आफ्ना सदस्यहरुको लागि दुुई दिने कन्स्ट्रक्सन मेनेजमेन्ट सम्बन्धि तालिम आयोजना गरेको छ ।
सदरमुकाम चरिकोटमा सोमबारबाट सुुरु भएको तालिममा खरीद तथा करार व्यवस्थापन विज्ञ केशवकुमार आचार्य र निर्माण व्यवसायी महासंघका निर्मल अर्यालले कन्स्ट्रक्सन मेनेजमेन्ट सम्बन्धि बिभिन्न विषयमा प्रशिक्षण दिनुहुुने आयोजकले जनाएको छ ।
तालिम उद्घाटन कार्यक्रममा मन्तवय व्यक्त गर्नुहुदै दोलखा जिल्ला निर्माण व्यवसायी संघका संस्थापक अध्यक्ष रामेश्वर मानन्धरले देशमा मूल्यबृद्धि आकासिदै गएको भएपनि निर्माण व्यवसायीको लागि दररेट भने २० बर्ष अघिकै कायम रहनु विडम्बनापूर्ण रहेको बताउनु भयो ।
दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष राजेश थापाको सभापतित्वमा भएको तालिम उद्घाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष छवि मोक्तान, सचिव रोशन श्रेष्ठ र नेपाल पत्रकार महासंघ दोलखा शाखाका सभापति दीपशङ्कर चौलागाईले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मंगलवारसम्म सञ्चालन हुने तालिममा संघमा आवद्ध ३५ जना निर्माण व्यवसायीहरुको सहभागिता रहेको अध्यक्ष थापाले बताउनु भयो ।


 
					 
			 
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया दिनुहोस्