अन्तरास्ट्रियमुख्य समाचारसमाचार

ग्लोबल कन्सल्टको नयाँ शाखा पारामाटामा

काठमाण्डौं । भिसा र माइग्रेशनका लागि सुपरिचित ग्लोबल कन्सल्टले अष्ट्रेलियाको पारामाटामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।

पारामाटामा आयोजित एक भव्य समारोहमा ग्लोबल कन्सल्ट नेपालका अध्यक्ष विश्वनाथ पौडेलले नयाँ शाखाको समुदघाटन गर्नुभयो ।

उदघाटन समारोहमा पारामाटा शाखाका प्रबन्ध निर्देशक रमेश थापाले अष्ट्रेलियाको पारामाटा क्षेत्रमा रहेका विद्यार्थीलाई सजिलो होस भन्ने उदेश्यले नयाँ शाखा स्थापना गरेको जानकारी दिनु भयो ।

निर्देशक आशिषजंग थापाले विद्यार्थी भिसा, स्किल भिसा, डिपेन्डेट भिसा, कम्बाइन्ड भिसा , भिजिटर भिसा लगायत सवै भिसा र माइग्रेशनको सेवा उपलव्ध हुने जानकारी दिनु भयो ।

ग्लोबल कन्सल्टले अष्ट्रेलियाको सिड्नी, तासमानिया, क्यानबेरा, पर्थ र नेपालमा पोखरा, चितवन, बारा, पुतलीसडक र मीनभवन काठमाण्डौंमा शाखा स्थापना गरिसकेको छ ।

यस बाहेक फिलिपिन्स र भुटानमा समेत ग्लोबल कन्सल्टका शाखाहरु रहेका छन् ।

सम्बन्धित समाचार