बागमतीमुख्य समाचारराजनितिसमाचार

एमाले अध्यक्ष ओलीको प्रश्न– ३९ केजी सुन खै ?

काठमाडौँ/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीति र गैर कानुनी गतिविधिका कारण मुलुकमा चरम आर्थिक अभाव देखिएको र गुण्डाराज मौलाएको आरोप लगाउनु भएको छ ।
काठमाडौँको भृकुटी मण्डपमा नेकपा एमाले बागमति संगठन कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्नुहुदै अध्यक्ष ओलीले आफ्नो कम्जोरी लुकाउन सरकारले मुलुकमा आर्थिक अभाव चुलिनुमा रुस– युक्रेन युद्धलाई बहाना बनाएको बताउनु भयो ।
बर्षौदेखि गैर नेपालीलाई नागरिकता दिएर सरकारलेनै सुन तस्करीको वातावरण बनाएको आरोप लगाउनुहुदै एमाले अध्यक्ष ओलीले तस्करीको लागि कस्ले अरबौ लगानी गरेको छ त्यसको खोजि हुनुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले सुन तस्करीको छानविन आयोग बनाउन आनाकानी गर्ने सरकारलेनै यसको संरक्षण गरिरहेको आरोप समेत लगाउनु भयो ।
एक सय किलो सुन पक्राउ गरिएको भनिएकोमा पछि ६१ किलोमात्र देखाईयो अध्यक्ष ओलीले प्रश्न गर्दै भन्नु भयो– ३९ केजी सुन खै ? त्यसको खोजि हुनुपर्छ कि पर्दैन ?
ललिता निवास प्रकरणमा सरकारले लालपुर्जा हेरेर जग्गा किन्नेलाई थुनेर सरकारी जग्गा अर्काको नाममा पास गरिदिनेलाई उन्मुक्ति दिएको अध्यक्ष ओलीले बताउनु भयो । नेकपा एमालेले सरकारका गलत कृयाकलाको खोजि गरेर कानुनी दायरामा ल्याउने ओलीको भनाई छ । एक महिना, एक बर्ष या जति समय लागोस तर हामी तस्कर, गैर कानुनी कामको खोजि गरेर कानुनी दायरामा ल्याएरै छोड्छौ अध्यक्ष ओलीले भन्नु भयो ।
अध्यक्ष ओलीले शान्ति प्रकृया टुङ्गोमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दहालले अन्तराष्ट्रि सहयोग माग्ने नभै आफुले पीडा दिएको नेपाली जनतासंग क्षमायाचन गर्दै उनीहरुको पीडामा मल्हम लगाउनु पर्ने बताउनु भयो ।
अहिले एमालेको ध्यान मिसन ८४ मा केन्द्रीत रहेको उल्लेख गर्नुहुदै पार्टीका नेता, कार्यकर्ताले यो अभियानलाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष ओलीले निर्देशन दिनु भयो ।
नेकपा एमाले बागमति प्रदेश संगठन कमिटीका अध्यक्ष केशब राज पाण्डेको सभापतित्वमा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, स्थाई कमिटी सदस्य गुरु बराल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
अधिवेशनको बन्दसत्र मंगलवारबाट सुरु हुने र त्यसैबाट नयाँ नेतृत्वको चयन हुने आयोजकले जनाएका छन् ।

सम्बन्धित समाचार