मुख्य समाचारराजनितिसमाचार

एमाले नेता पोखरेललाई थप जिम्मेवारी

काठमाडौँ/नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज आनन्दप्रसाद पोखरेल बागमति प्रदेश कमिटीको तर्फबाट पार्टीको केन्द्रीय संगठन विभागको सदस्य मनोनित हुनु भएको छ ।
पोखरेललाई सोमवारको पार्टी सचिवालय बैठकले केन्द्रीय संगठन विभागको सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । काठमाडौँ जिल्ला इन्चार्जको जिम्मेवारी पछि संगठन विस्तारमा सक्रिय रहेका पोखरेलले पार्टीले दिएको थप जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गर्ने बताउनु भयो ।
दोलखा तामाकोशी गाँउपालिकाको जफे स्थाई घर भएको पोखरेलले नेकपा एमाले दोलखाको सचिव, बागमति प्रदेश कमिटीको अध्यक्ष र पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ ।
पार्टीमा सैद्धान्तिक र सांगठनिक नेताको रुपमा परिचित पोखरेल दोलखाबाट दुईपटक निर्वाचित सांसद र पूर्व पर्यटन मन्त्री समेत हुनुहुन्छ ।

सम्बन्धित समाचार