कृषि र सहकारीबागमतीमुख्य समाचारसमाचार

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालयमा तालाबन्दि

दोलखा/सदरमुकाम चरिकोटमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालय हटाउन लागेको विरोधमा दोलाखका नागरिक अगुवाहरुले मंगलवार परियोजनाको कार्यालयमा तालाबन्दि गरिदिएका छन् ।
तालाबन्दिको लागि पत्रकार, अधिकारकर्मी, व्यवसायी लगायतका नागरिक अगुवाहरु कार्यालयमा पुगेका थिए । चरिकोटबाट परियोजना अन्यत्र लाने प्रयत्नभए त्यसको परिणाम गम्भीर हुने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले बताए । आफुहरुको माग परियोजनाको अवधि थप गरी कार्यालयलाई चरिकोटबाटै निरन्तरता दिनुपर्ने रहेको खतिवडाले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले दोलाखमा किवि र आलुको क्षेत्रमा काम गरिरहेको थियो । नागरिक अगुवाहरुले परियोजनाले किवि र आलु उत्पादनमा कृषकहरुलाई सहयोगसंगै बजारीकरण तथा किवि प्रशोधनको लागि समेत सहयोग गर्नुपर्ने माग गरेका छन् । नेपालको ५९ जिल्लामा सञ्चालनमा रहेको यो परियोजना सात प्रदेशमा सिमित गर्ने केही समय अघि निर्णय भएको थियो ।
नागरिक अगुवाहरुले गत साउन ११ गते दोलाखका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापनपत्र मार्फत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जिल्लाबाट हटाउन नहुने, संघियता अघि जिल्लामा रहेका कार्यालयहरु पुनः स्थापना गर्न पहल गर्नुपर्ने, चरिकोट– मूडे सडकको निर्माण नयाँ ठेक्का मार्फत तत्काल सुरु गर्नुपर्ने, चरिकोट बजारमा बसपार्क निर्माण तथा ट्राफिक व्यवस्थापनमा पहल गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।

सम्बन्धित समाचार