आधुनिक लोकगित
सम्राट चाैलागाई
सानो चरी भँगेरोले चिर- चिर
गर्दै जिस्काउँछ।
आउ नाच भन्दै न्याउली पनि
बोलाउछ।
तिते माछा खोली भित्र
गुन्द्रुक सादी अचार खाने।
सानू तिम्रो काखमा बस्दै
काफल खान जाने।
यता गुलाफ मख्ख छ
उता बनमा गुराँस रातै।
तामाकोसी छ्ङ्छङ पारी
डिलमा हिमाल सेतै।
छोडी सबै दुख ब्यथा
रात रंगिन चन्द्रमाले।
तिमी छेउमा मुस्कुराउछौ
मनै खायो चाहनाले।
प्रतिक्रिया दिनुहोस्