दोलखा/नेकपा एमाले दोलखाले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । शनिवारको प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्नु भएको थियो ।
पार्टीको प्रदेश, जिल्ला, पालिका तथा वडा तहका कमिटीका पदाधिकारी तथा सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्य लगायत जिल्ला स्तरीय नेताहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान राजनीतिक अवस्था, पार्टीको नीति तथा कार्यक्रम लगायतको विषयमा प्रशिक्षण दिनु भएको थियो ।
नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, केन्द्रीय सदस्य रचना खड्का, बागमति प्रदेश कमिटी सदस्य इश्वरचन्द्र पोखरेल, भरत केसी, डबल पाण्डे, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, कार्यवाहक सचिव धमेन्द्र मोक्तान लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्