बिचार / ब्लगमनोरन्जनयो पनिसमाचार

जिउने शैली बदलाै

सम्राट चाैलागाई

आउ तिमी र म मिलि जिउने शैली बदलौ

कुरा मात्र हैन प्रिय कामले जीवन बदलौ

सपना किन देख्नु अब करोड कमाउने

जे छ जस्तो छ अब त्यसमै रमाउने

सानो घडा भरिन्छ रे थोपा थोपा गरि

माटो खनी सुन फलाउ गोड्मेल गरि

चाहिदैन एस आराम खेत बारी धाउला

महल जस्तै छाप्रोमा पनि हास्दै निदाउला

तिमी र म मिलि सुखी जीवन बनाउला

संघर्षमा ठूलो खुसी छ त्यसैमा रमाउला

आउ तिमी र म मिलि जिउने शैली बदलौ

सम्बन्धित समाचार