काठमाडौ / कलंकी माइ मन्दिरको रजत महोत्सव तथा नयां बर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा क्यालेन्डर बितरण कार्यक्रमको आयोजना गरियो । काठमाडौ महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम सम्पदा संरक्षण तथा टोल विकासकालागि सबै एकजुट भएर अगाडि बढ्नु पर्ने धारणा कार्यक्रममा सहभागीहरुले व्यक्त गरेका थिए ।
कलंकीमाई साक्षात देविको रुपमा स्थानीयले मान्दै आएको र यसको संरक्षणमा महानगरपालिकाका पूर्व प्रमुख शाक्यले खेलेको भूमीका प्रसंसनीय रहेको भन्दै मन्दिरको तर्फबाट उहांलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा पूर्व मेयर शाक्यले यस क्षेत्रको विकासकालागि आफु मेयर हुंदा प्रयत्न गरेको र भनेजति काम गर्न नसकेपनि कामनापा १४ वडावासीको चित्त दुखाउने काम नगरेको बताउनुभयो ।
उक्त कार्यक्रममा कापनपा १४ का वडाध्यक्ष सुमन श्रेष्ठ, पूर्व अध्यक्ष शोभा सापकोटा, बुद्धिजिवी ओम थपलिया, सुन्दर थापा लगायतले नव बर्षले सबै नेपालीमा उर्जा ल्याउने विश्वास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्