अर्थ र ब्यापारमुख्य समाचारयो पनिसमाचार

नेउबा महासंघमा मानन्धरको उम्मेद्वारी

दोलखा/दोलखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं दोलखाका स्थापित व्यवसायी रामेश्वर मानन्धरले नेपाल उद्योग बाणिज्य महासंघको ५७ औ साधारणसभामा जिल्ला तथा नगर उद्योग बाणिज्य संघको तर्फबाट खुला केन्द्रीय कार्यकारीणी सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
हाल नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारीणी सदस्य रहेका मानन्धरले दोलखा उद्योग बाणिज्य संघको अध्यक्ष हुँदा युवा तथा साना व्यवसाय स्वरोजगार कार्यक्रम, उच्च पहाडी जिविकोपार्जन (हिमाली आयोजना), एक गाँउ, एक उत्पादन जस्ता व्यवसायी लक्षित सफल कार्यक्रम सञ्चालन गरेका थिए ।
मानन्धरले कोरोनाबाट प्रभावित व्यवसायीहरुलाई सहयोगसंगै २०७२ सालको विनाशकारी भुकम्पले क्षति पु¥याएको दोलखा उद्योग बाणिज्य संघको भवन पूर्ननिर्माण र जिरी उद्योग बाणिज्य संघको भवन निर्माणमा समेत सहयोग गरेका थिए । कृषि उत्पादन र पर्यटन विकास विना व्यवसाय सफल हुन सक्दैन भन्ने मान्यता राख्ने मानन्धरले जिल्लामा कोसेली घरको अवधारण सहित कृषि उत्पादन बिक्रि वितरण गर्ने थलो बनाएका थिए । उनले सिटीहल निर्माण, फिल्मशिटी निर्माण, स्वास्थ्य संस्थाको क्षमता विकास जस्ता कुरामा समेत अगुवाई गरेको दोलखाका व्यवसायीहरु बताउछन् ।
सरोकारवालाहरु संग समन्वय गरेर संघलाई क्रियासिल बनाउने र व्यवसाय प्रर्वद्धनमा टेवा पुग्ने कार्यक्रमको परिकल्पना गर्न सक्ने क्षमताका धनी उत्कृष्ट व्यवसायी रामेश्वर मानन्धरलाई केन्द्रीय कार्यकारीणी सदस्यमा निर्वाचित गरेर जिल्ला नगर उद्योग बाणिज्य संघको संस्थागत विकासमा सहयोग लिन सकिने दोलखा उद्योग बाणिज्य संघका अधयक्ष इन्द्र बहादुर श्रेष्ठ बताउनु हुन्छ ।

सम्बन्धित समाचार