दोलखा/दोलखाको बैतेश्वर गाँउपालिकाले मंगलवार आर्थिक बर्ष ०७९/०८० को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा सहभागी बिभिन्न वडाका स्थानीयले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम भएपनि अझै त्यसको निरन्तरता आवश्यक रहेको बताएका थिए ।
सार्वजनिक सुनवाई कार्यक्रमका प्रमुख जवाफदेही वक्ता एवं पालिका प्रमुख छवि लामाले एक बर्ष भित्र पालिकाको प्रत्येक घर धुरीम धारा पु¥याउने घोषणा गर्नु भयो । पालिका प्रमुख लामाले पालिकाको मुख्य– मुख्य वस्तिमा हिउँद बर्षानै यातायात सञ्चालन हुने सडक बनेको उल्लेख गर्नुहुदै पालिकाको पहलमा हरेक मुख्य सडक पीच तथा ढलान गर्ने अभियान समेत निरन्तर चलिरहेको बताउनु भयो । पालिकाले आफ्नै लगानीमा अहिलेसम्म पाँच किलोमिटर सडक पीच गरेको र साढे एक किलोमिटर सडक ढलान गरेको पालिका प्रमुख लामाले जानकारी दिनु भयो ।
बैतेश्वर गाँउपालिकाले एक बर्षको अवधिमा शसर्त कार्यक्रम अन्र्तगत तरकारी वाली पकेट कार्यक्रमको निरन्तरता, नीजि स्तरमा मौरी स्रोत केन्द्र स्थापना, खाद्यान्न वालीको उन्नत विउ उपयोगमा अनुदान, मकैबाली प्रवद्धन कार्यक्रम, किसान सूचिकरण, कृषि, पशुपंक्षि तथा मत्स्य कार्यक्रममा सहयोग गरेको जनाएको छ ।
त्यसैगरी गाँउपालिका तर्फका कार्यक्रममा ९० प्रतिशत अनुदानमा सिल्पोलिङ प्लास्टिक वितरण, कृषक तालिम, किवि खेतिको लागि टि–वार अनुदान, कृषि औजार खरीद, मसला वाली कार्यक्रम, रैथाने वाली संरक्षण कार्यक्रम तथा वितरण, वाली संरक्षण कार्यक्रम लगायत रहेको पालिकाका प्रशासन प्रमुख रविन्द्र चौलागाईले जानकारी दिनु भयो ।
सार्वजनिक सुनवाई कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष भीमबहादुर तमाङ, वडा नम्बर २ का वडा अध्यक्ष श्यामकुमार घिसिङ, वडा नम्बर ३ का वडा अध्यक्ष कमल अधिकारी, वडा नम्बर ४ का वडा अध्यक्ष कुमार चौलागाई, वडा नम्बर ५ का वडा अध्यक्ष भुवन घिमिरे, वडा नम्बर ६ का वडा अध्यक्ष अशोक तमाङ, वडा नम्बर ७ का वडा अध्यक्ष मिनकुमार शिवाकोटी र वडा नम्बर ८ का वडा अध्यक्ष शान्त जिरेलले सम्बन्धित वडामा भएका विकास निर्माण लगायतका गतिविधि बारे स्थानीयले राखेका जिज्ञाशाको जवाफ दिनु भएको थियो । त्यसैगरी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले पालिकाले एक बर्षको अवधिमा गरेका नीतिगत निर्णय तथा त्यसको कार्यान्वयनमा भएको प्रगति बारे जानकारी गराउनु भएको थियो ।
पालिका प्रमुख छवि लामाको सभापतित्वमा सम्पन्न सार्वजनिक सुनवाई कार्यक्रममा उपप्रमुख कल्पना उप्रेती, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, दोलखा शाखा अध्यक्ष दीपशङ्कर चौलागाई, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य कृष्ण बहादुर दहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्