कृषि र सहकारीबागमतीमुख्य समाचारशिक्षासमाचार

कृषिका विद्यार्थीलाई छात्रबृत्ति

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका भित्र रहेका दुई विद्यालयमा कृषि तथा बाली विज्ञान विषय अन्र्तगत तीन बर्षे डिप्लोमा तहमा अध्यन गर्ने १० जना विद्यार्थीलाई प्रेम पूर्ण प्रताप फाउण्डेशन र उज्यालो भविष्य संस्थाको समन्वयमा छात्रबृत्ति रकम प्रदान गरिएको छ ।
दोलाखको भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावती स्थित क्षमावती माविमा कृषि तथा बाली विज्ञान विषय अन्र्तगत तीन बर्षे डिप्लोमा तहमा अध्यनरत सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिकाका निर्मला तमाङ, रौतहट यमुनामाई गाँउपालिकाका प्रेम शाह, रामेछाप उमाकुण्ड गाँउपालिकाका सन्देश सुनुवार, सोलुखुम्बु लिपुलेख गाँउपालिकाका बिपिन वस्नेत, रामेछाप उमाकुण्ड गाँउपालिकाका रिसब कार्की, मिङ्मा लम्बु शेर्पा, दोलखा भीमेश्वर नगरपालिकाका पदम बहादुर अधिकारी र कालिञ्चोक गाँउपालिकाका बिरेन्द्र थामीलाई प्रेम पूर्ण प्रताप फाउण्डेशनका संरक्षक पद्यमा प्रधानको सहयोगमा प्रति व्यक्ति ८५ हजार रुपैयाको दरले छात्रबृत्ति रकम उपलब्ध गराईएको प्रेम पूर्ण प्रताप फाउण्डेशनका अध्यक्ष राजन वस्नेतले बताउनु भयो ।
त्यसैगरी दोलखा समाज अस्ट्रेलियाका अध्यक्ष विष्णु बहादुर थापाको पहलमा भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुमा रहेको सर्व मावि जिलुमा कृषि तथा बाली विज्ञान विषय अन्र्तगत तीन बर्षे डिप्लोमा तहमा अध्यनरत दोलखा बैतेश्वर गाँउपालिकाका पम्फा घिसिङ र सविना जिरेललाई प्रतिव्यक्ति एक लाख रुपैयाको दरले छात्रबृत्ति रकम उपलब्ध गराईएको अध्यक्ष वस्नेतले बताउनु भयो ।
सम्बन्धित गाँउपालिका, वडा र समन्वय गर्ने संस्थाको सिफारीसमा व्यवसायीक सीपमूलक शिक्षा लिईरहेका अध्यनसिल र जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति रकम उपलब्ध गराईएको अध्यक्ष वस्नेतको भनाई छ । कृषि प्रधान देशमा सोही अनुसारको सीपमूलक शिक्षाले प्राथामिकता पाउन सकोस भन्ने उदेश्यले दोलखा समाज अष्ट्रेलियाले कृषि तथा बाली विज्ञान विषय अन्र्तगत तीन बर्षे डिप्लोमा तहमा अध्यनरत विद्यार्थीलाई सहयोग गरेको समाजका अध्यक्ष थापाले बताउनु भयो ।
अध्यनसिल जेहेन्दार विद्यार्थीलाई बिभिन्न संघ संस्थाको सहयोगमा छात्रबृत्ति रकम उपलब्ध गराउदा उनीहरुको हौसला बृद्धि हुने र अध्यनमा समेत टेवा पुग्ने सर्व मावि जिलुका प्रधानाध्यापक विश्वमणी चौलागाई बताउनु हुन्छ ।

सम्बन्धित समाचार