बागमतीसमाचार

रसुवा बाढी प्रभावितलाई दोलखाली सहयोग

{"source_type":"vicut","data":{"client_key":"aw889s25wozf8s7e","source_type":"vicut","source_platform":"mobile_2","appVersion":"16.3.0","enterFrom":"new_image","os":"android","product":"vicut","editType":"image_edit","region":"NP","picture_id":"4AXO8QDA-PDC1-X013-2R9D-RVDTW8BR3LNU","pictureId":"4AXO8QDA-PDC1-X013-2R9D-RVDTW8BR3LNU","capability_name":"capcut_photo_editor"},"tiktok_developers_3p_anchor_params":"{"client_key":"aw889s25wozf8s7e","source_type":"vicut","source_platform":"mobile_2","appVersion":"16.3.0","enterFrom":"new_image","os":"android","product":"vicut","editType":"image_edit","region":"NP","picture_id":"4AXO8QDA-PDC1-X013-2R9D-RVDTW8BR3LNU","pictureId":"4AXO8QDA-PDC1-X013-2R9D-RVDTW8BR3LNU","capability_name":"capcut_photo_editor"}"}

दोलखा/रसुवा बाढीपीडितका लागि दोलखाबाट व्यक्तिगत एवम् संस्थागत रुपमा आर्थिक लगायत बिभिन्न सहयोग गर्ने क्रम निरन्तर चलिरहेको छ । व्यक्तिगत रुपमा धेरैले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषामा रकम जम्मा गरेका छन् भने संस्थागत रुपमा राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याईएको छ ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर– ८ खोपाचाँगु स्थायी घर भै अष्ट्रेलियामा व्यवसाय गर्दै आएका समाजसेवी दिपक खड्काले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख रुपैया सहयोग गरेका छन् । यस अघि पनि उनले भुकम्प पीडित, पहिरो पीडित, कोरोना प्रभावित लगायतलाई सहयोग गर्दै आएका छन् ।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ स्थायी घर भएका व्यवसायी एवम् सामाजिक अभियन्ता शोभित उप्रेतीले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एसएस फाउण्डेशनको तर्फबाट १५ लाख रुपैया सहयोग गरेका छन् । उनले पनि व्यक्तिगत एवम् एसएस फाउण्डेशनको तर्फबाट भुकम्प, बाढी– पहिरो, कोरोना जस्ता प्राकृतिक विपत्तिको समयमा सहयोग गर्दै आएका छन् । एसएस फाउण्डेशनले लामो समयदेखी देशको बिभिन्न दुर्गम भेगमा रहेका विद्यालयहरुमा स्टेशनरी सामग्री, स्कूल ब्याग, पोशाक लगायतका सामग्री समेत वितरण गर्दै आएका छन् ।

दोलाखको भीमेश्वर नगरपालिका वडा नम्बर– २ दोलखा बजारमा स्थायी घर भएका पूर्व सांसद दिव्यमणी राजभण्डारीले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ११ लाख रुपैया सहयोग गरेका छन् । उनी पनि सामाजिक रुपमा सक्रिय दोलखाली हुन् । दोलखाका सफल व्यवसायी सुन्दर कार्कीले पनि रसुवा बाढीपीडितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन् । उनी दोलखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

दोलखा उद्योग बाणिज्य संघले बिभिन्न व्यवसायीहरुबाट सङ्कलन गरेको रकमबाट दुई सय ८५ थान ग्याँस चुल्हो, रेगुलेटर, ग्यास लाईटर, पाईप, क्लिप लगायतका सामग्री बाढी प्रभावित क्षेत्रमा पु¥याएको छ । दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सनत थापाको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा पुगेको टोलीले बाढी प्रभावितहरुलाई वितरणको लागि नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई ती सामग्रीहरु हस्तान्तरण गरेको थियो । दोलखा उद्योग बाणिज्य संघको अभियानको लागि दोलखाका सफल व्यवसायी पृथ्वी बहादुर श्रेष्ठले ५५ हजार पाँच सय ५५ रुपैया, नेपाली कांग्रेसका युवा नेता एवम् सफल व्यवसायी प्रभुराम श्रेष्ठले ५० हजार तथा दोलखा उद्योग बाणिज्य संघको मैनापोखरी, सिंगटी र मागादेउराली शाखाले सहयोग गरेको थियो ।

दोलखाको बैतेश्वर गाउँपालिकाले पनि रसुवाका बाढी प्रभावितको उद्दार, राहत र पुर्नस्थापनाका लागि सात लाख ७० हजार रुपैया सहयोग गर्ने निर्णय गरेको अध्यक्ष छवि लामाले बताएका छन् ।

सम्बन्धित समाचार