मुख्य समाचारराजनीति

चरिकोटमा पनि जेन– जीको प्रर्दशन

दोलखा/सोमवार जेन– जी आन्दोलनको क्रममा राजधानि काठमाडौँमा १९ जनाको मृत्यु र सयौ घाईते भएपछि मंगलवार दोलखा सदरमुकाम चरिकोटमा पनि जेन– जी पुस्ताले आन्दोलन गरेका छन् ।

उनीहरुले मुख्य दलका नेताहरुको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका थिए । सोमवार राजधानिमा भएको जेन– जीको आन्दोलनको क्रममा भएको सरकारी दमनको विरोध गर्दै दोलखाका प्रर्दशनकारीहरुले हत्यामा संलग्नलाई कार्वाहिको माग समेत गरेका छन् ।

आन्दोलनमा संलग्न जेन– जी पुस्ताका युवाहरु ले नाराबाजी सहित सदरमुकाम चरिकोटको मुख्य बजार, पशुपतिडाँडा, पुरानो बजार, बसपार्क परिक्रमा गरी सातदोबाटो चोकमा कोणसभा गरेका थिए ।

सम्बन्धित समाचार