मुख्य समाचारराजनिति

जबजको सान्दरभिकता विषयक विचार गोष्ठि

दोलखा/नेकपा एमाले दोलखा र मदन भण्डारी फाउण्डेशन दोलखाको संयुक्त आयोजनामा शनिवार समृद्ध नेपाल, शुखी नेपालीको जनआकांक्षामा जबजको सान्र्दभिकता विषयक विचार गोष्ठि सम्पन्न भएको छ ।

नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तिको अवसरमा आयोजिक विचार गोष्ठिमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् काठमाडौँ इन्चार्ज आनन्द प्रसाद पोखरेलले जबज सिद्धान्तको सार्थकता एवम् सान्र्दभिकताको विषयमा चर्चा गर्नु भएको थियो ।

नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न विचार गोष्ठिमा नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा एमालेका नेता एवम् मेलुङ गाँउपालिकाका अध्यक्ष हिरा कुमार थोकर, मदन भण्डारी फाउण्डेशन दोलखाका अध्यक्ष कृष्ण बहादुर वस्नेत र विद्यार्थी कृष्टीना खड्काले नेपाली राजनीतिमा जबजको महत्वको बारेमा चर्चा गर्नु भएको थियो ।

सो अवसरमा मदन भण्डारी फाउण्डेशन दोलखाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगीताको विजयी विद्यालयहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । हाजिरी जवाफ प्रतियोगीतामा त्रिपुरा ग्लोरियस एकाडमीक चरिकोट प्रथम, कुटिडाँडा मावि मकैबारी द्धितिय र महेन्द्रोदय मावि माटी तृतिय भएका थिए ।

प्रतियोगीतामा प्रथम हुनेलाई १२ हजार, द्धितिय हुनेलाई नाै हजार र तृतिय हुनेलाई छ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष कृष्ण बहादुर वस्नेतले बताउनु भयो ।

सम्बन्धित समाचार