SKIP THIS

NAgarjun
राजनितिसमाचार

विप्लब नेकपाका नेता– कार्यकर्ता नेकपा माओवादी केन्द्रमा

दोलखा/नेत्र बिक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका १६ जना नेता– कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् ।
नेकपा माओवादी केन्द्र दोलखा र कम्युनिष्टहरु को एकता धुर्बीकरण समितिले आयोजना गरेको पूर्नमिलन कार्यक्रममा भर्खरै पार्टी परित्याग गरेर बसेका बिप्लब नेतृत्वको नेकपाका बैकल्पिक केन्द्रीय सदस्य एवम् दोलखा सेक्रेटरी अर्जुन योगी, राजन धनुके, सिताराम उप्रेती, नविन कुमार नेपाली लगायत १६ जना नेकपा माओवादी केन्द्रमा समाहित भएको केन्द्रका जिल्ला अध्यक्ष कमल श्रेष्ठले बताए ।
उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विशाल खड्का, नेताहरु शङ्कर लामा, नरबहादुर पाख्रिन, कुुलबहादुर बुुढाथोकी, जिल्ला अध्यक्ष कमल श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार