मुख्य समाचारसमाचार

यात्रुबस दुर्घटनामा एककाे मृत्यु, सात घाईते

दाेलखा/ दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नम्बर- ८ बाेचकाे चर्नावती पुल नजिक बिहिवार यात्रुवहाक बस दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ भने सातजना घाईते भएका छन् ।

काठमाण्डाैबाट रामेछापकाे गुप्तेश्वर जादैगरेकाे बागमति प्रदेश ०१००६ ख ४८४३ नम्बरकाे बस बिहिवार दिउँसाे करिब १:४५ बजे दुर्घटना हुदा रामेछाप उमाकुण्ड गाँउपालिका वडा नम्बर- ६ का २२ बर्षका लाेकबहादुर श्रेष्ठकाे मृत्यु भएकाे दाेलखाकाे प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

दाेलखा सदरमुकाम चरिकाेट स्थित च्छाे- राेल्पा जनरल अस्पतालमा उपचारकाे क्रममा श्रेष्ठकाे मृत्यु भएकाे प्रहरी नायव उपरीक्षक खड्काले बताए । घाईते सात जनाकाे सदरमुकाम चरिकाेटका अस्पतालमा उपचार भै रहेकाे र उनीहरूकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । बसका अन्य यात्रुहरूलाई अर्काे सवारी साधन व्यवस्था गरि गन्तव्यतर्फ पठाईएकाे प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयाे ।

सम्बन्धित समाचार