अर्थ र ब्यापारकृषि र सहकारीबागमती

तीन सहकारीको एकिकृत साधारणसभा

चरिकोट/जिल्लामा सक्रिय तीन वटा सहकारी संस्थाको एकिकृत साधारणसभा सम्पन्न भएको छ । अर्थभूमि बचत तथा ऋण सहकारी संस्था, सारथी बचत तथा ऋण सहकारी संस्था र सुर्वण कृषि सहकारी संस्थाको एकिकरण अभियानको संयुक्त साधारणसभा शनिवार सम्पन्न भएको हो ।
अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद दहाल, को सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमति प्रदेश बचत तथा ऋण सहकारी संस्था (प्रोस्कून) का महासचिव जिवसराज खड्का, भीमेश्वर नगरपालिका वडा नम्बर– ४ का वडा अध्यक्ष तारानाथ चौलागाई, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद फुुँयाल, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाई, सारथी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्दमान श्रेष्ठ, सुर्वण कृषि सहकारी संस्थाका अध्यक्ष बाबुराम शाही लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाका सचिव ध्रुुब सापकोटा र सारथी बचत तथा ऋण सहकारी संस्थाका सचिव कृष्णप्रसाद श्रेष्ठले प्रगति प्रतिवेदन सहित संयुक्त प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षको प्रतिवेदन रामकृष्ण श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रदिप शिवाकोटीले प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार