दोलखा/रसुवा बाढी प्रभािवतका लागि दोलखाबाट व्यक्तिगत एवम् संस्थागत रुपमा आर्थिक लगायत बिभिन्न सहयोग गर्ने क्रम निरन्तर चलिरहेको छ । दोलखालीहरु ले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषामा व्यक्तिगत एवम् संस्थागत रुपमा रकम जम्मा गरेका छन् ।
ग्लोबल कन्सल्ट प्रालि बाँनेश्वरले विपद् प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ५० हजार रुपैया सहयोग जम्मा गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ६ स्थायी घर भएका संस्थाका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले कोषमा उक्त रकम जम्मा गरेका हुन् । देश दुःखमा परेको बेला पीडित नागरिकको साथमा उभिदै उक्त सहयोग रकम जम्मा गरिएको कन्सल्टले विज्ञप्ति मार्फत जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा– काठमाडौँ सम्पर्क विभागका पूर्व सभापति भगवान वस्नेतले पनि रसुवाका बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषामा दुई लाख रुपैया जम्मा गरेका छन् । त्यसैगरी दोलखाको शैलुङ गाउँपालिकाका रास्वपा युवा नेता उमेश श्रेष्ठले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषामा ५० हजार रुपैया सहयोग रकम जम्मा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्