समाचारस्वास्थ्य

धुलिखेल अस्पतालको स्वास्थ्य शिविर

दोलखा/धुलिखेल अस्पताल दोलखाले सदरमुकाम चरिकोट स्थित एपेक्स स्कूलका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा. सन्तोष गौतम नेतृत्वको टोलीले विद्यालयका दुुई सय ५० जनाको स्वास्थ्य परिक्षण गरेको अस्पतालले जनाएको छ ।
शिविरमा स्वास्थ्य परिक्षण, दन्तरोग परिक्षण र फिजियो थेरापी सेवा समेत दिईएको विद्यालयका प्रिन्सिपल नसिव कायष्थले बताए । विद्यालयमा नियमित स्वास्थ्य परिक्षण आवश्यक रहेको प्रिन्सिपल कायष्थले बताए । उनले स्वास्थ्य परिक्षणको लागि धुलिखेल अस्पताल दोलखालाई धन्यवाद दिएका छन् ।
विद्यार्थीहरुको स्वास्थ्य परिक्षणमा ९८.५ प्रतिशत बालबालिकामा पोषण तह राम्रो रहेको, १ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको र ०.५ प्रतिशत बालबालिकामा पोषणको तह उच्च देखिएको बालरोग विशेषज्ञ डा. गौतमले बताए ।


स्वास्थ्य परिक्षण शिविरमा मेडिकल अधिकृत डा. सुरज काफ्ले, एमडिजिपी डा. अभिलाषा महता, दन्त विशेषज्ञ डा. रसिक खोजु, स्टाफ नर्स रमिता बास्तोला, रोजिना केसी, कमला सुवेदी, रमिला ढुुङ्गेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार