राजनितिसमाचार

समसामयीक विषयमा राजनीतिक छलफल

दोलखा/नेकपा माओवादी केन्द्र दोलाखले शनिवार पत्रकारहरु संग दोलाखको राजनीतिक, सामाजिक, आर्थिक, विकास निर्माण लगायतका समसामयीक विषयमा छलफल गरेको छ ।
कार्यक्रममा सहभागि पत्रकारहरुले जिल्लाको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, उर्जा, पर्यटन, सञ्चार लगायतको क्षेत्रको विकास र प्रवद्धनको लागि राजनीतिक दलहरुले उठाउनुपर्ने एजेण्डा र खेल्नुपर्ने भूमिकाको विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नरबहादुर पाख्रिन, जिल्ला संयोजक कमल श्रेष्ठ (ज्योती), सचिव सन्तोष फुयाल, प्रवक्ता पुष्कर कुमार अधिकारी, युवा नेता भरत श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
३५ औ जनआन्दोलन दिवसको सन्र्दभमा अन्तरक्रिया


यसै बीच शनिवारनै क्रान्तिकारी कम्युनिष्ट पार्टी दोलखाले ३५ औ जनआन्दोलन दिवसको सन्र्दभमा जनआन्दोलन र वर्तमान राजनीतिक परिस्थिति विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय सदस्य एवं दोलखा इन्चार्ज पूर्ण बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय सदस्य सरद रसाईली, नेपाली कांग्रेस दोलखाका नेता केशव चौलागाई, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ, नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दहाल, नेकपा माआवादीका राजन सी लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार