राजनितिसमाचार

सफल नागरिक अगुवा वस्नेतको एमाले दोलखाको सचिवमा उम्मेदवारी

दोलखा/सफल कानुन व्यवसायी एवं दोलखाका नागरिक अभियन्ता कृष्ण वस्नेतले नेकपा एमाले दोलखाको १० औ जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिएका छन् ।
राजनीतिलाई शुशासन, सामाजिक न्याय र विकासको मुख्य आधार बनाउने अभियानको लागि आफुले नेकपा एमाले दोलाखको १० औ अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिएको वस्नेतले बताए ।
हाल नेपाल बार एशोसियसन दोलखाको अध्यक्ष रहेका वस्नेत निडर, स्पष्टवक्ता र अब्बल सामाजिक अभियन्ताको रुपमा जिल्लामा लोकप्रिय छन् । उनले नेतृत्व गरेको हरेक संस्था सफल रहेकोले राजनीतिमा उनको सहभागिता अपरिहार्य रहेको एमालेका युवा कार्यकर्ताहरु बताउछन् ।
विद्यार्थी राजनीतिबाट पार्टीमा सक्रिय भएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर– ५ का वस्नेतले एमालेको बिभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । सामाजिक क्षेत्रमा सक्रिय वस्नेतले गौरीशङ्कर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख, गौरीशङ्कर सामुदायीक पुस्तकालयको अध्यक्ष, नागरिक समाज दोलखाको संयोजक आदी भूमिकामा रहेर पनि शिक्षा, स्वास्थ्य, सामाजिक न्याय लगायतको क्षेत्रमा काम गरेका छन् ।
लामो समय दोलखामा कानुन व्यवसायी क्षेत्रमा सक्रिय रहेका वस्नेतले धेरै गरीव तथा विपन्न मानिसलाई निशुल्क कानुनी परामर्श समेत दिएका छन् ।

सम्बन्धित समाचार