अन्तरास्ट्रियमुख्य समाचारराजनिति

संयुक्त परामर्श सम्मेलनमा सहभागि हुन चिनिया उपमन्त्री सुन हेयान नेपालमा

काठमाडौँ/ चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री सुन हेयान शुक्रवार विहान नेपाल आईपुग्नु भएको छ ।
आगामी माघ १४ गते (जनवरी २८) आईतवार चीन र नेपालको विकास र सहयोग सन्र्दभमा काठमाडौँमा आयोजना हुने चीनको कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्य तथा नेपालका राजनीतिक दलहरु बीचको संयुक्त परामर्श सम्मेलनमा सहभागि हुन हेयान नेपाल आउनु भएको हो ।
चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तराष्ट्रिय विभाग (विदेश सम्पर्क विभाग) ले आयोजना गर्ने संयुक्त परामर्श सम्मेलनमा विकासको सन्र्दभमा दुई देशका राजनीतिक दल र नेताहरु बीच कसरी सहकार्य तथा सहयोग आदानप्रदान हुनसक्छ भन्ने विषयमा छलफल हुने जनाईएको छ ।


संयुक्त परामर्श सम्मेलनमा चिनिया कम्युनिष्ट पार्टीको सदस्यहरु र नेपालको राजनीतिक दलका नेता, बिभिन्न संगठनका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य शोभित उप्रेतीले बताउनु भयो ।
संयुक्त परामर्श सम्मेलनमा सहभागि हुन चिनिया कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै माल्दिभस, बंगलादेश हुदै शुक्रवार नेपाल आउनु भएका चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले नेपालमा रहदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुसंग भेट्ने कार्यक्रम रहेको जनाईएको छ ।
चिनिया कम्युनिष्ट पार्टीको प्रतिनिभि मण्डलको नेतृत्व गर्दै चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले नेपाल भ्रमण गर्नुले चीनले नेपालसंग को कुटनीतिक सम्बन्धलाई निरन्तर महत्व दिएको देखिएको राप्रपाका केन्द्रीय सदस्य उप्रेतीले बताउनु भयो ।

सम्बन्धित समाचार