अन्तरास्ट्रियधर्म/संस्कृतिसमाचार

राममन्दिर उद्घाटनमा उप्रेतीलाई निमन्त्रणा

दोलखा/भारतको अयोध्यामा राममन्दिर उद्घाटन र रामको मूर्तिमा प्राण प्रतिष्ठान गर्ने कार्यक्रममा विशिष्ठ पाहुनाहरुसंगै दोलखाका रमेश उप्रेतीलाई समेत आमन्त्रण गरिएको छ ।
श्री राम जन्मभूमि तीर्थ क्षेत्र, प्राण प्रतिष्ठान कार्यालयको तर्फबाट पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक एवं हिन्दुधर्मका प्रर्वतक दोलखा बैतेश्वर– ६ नाम्दुका रमेश उप्रेतीलाई समेत आमन्त्रण गरिएको हो ।
उक्त कार्यक्रममा विशिष्ट पाहुनाको रुपमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी, मोहनजी भागवत, श्रीमती आनन्दी धेन पटेल, उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ जी, महंत नृत्यगोपाल दास जी लगायतको सहभागिता रहने जनाईएको छ ।
२२ जनवरीमा सम्पन्न हुने प्राण प्रतिष्ठानको पुजा भारतको प्रसिद्ध तीर्थभूमि काशीका विद्वान लक्ष्मीकान्त दिक्षितको नेतृत्वमा हुने र त्यसमा नेपालकै झापा घर भएका आचार्य दुर्गाप्रसाद गौतम समेत सहभागि हुने आयोजकले जनाएका छन् । उनी राममन्दिरको मुख्य आचार्य हुन् ।
अयोध्याको राममन्दिरमा प्राण प्रतिष्ठानको काम २२ जनवरीको दिन विहान ११ः ३० देखी १२ बजेसम्म हुने जनाईएको छ । यो मिति काशीकै ख्यातिप्राप्त विद्वान गणेश शात्रीले तय गरेका हुन् ।
भारतको अयोध्यामा रामजन्मभूमि र बाबरी मस्जिदको विवादमा सन् २०२० नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले रामजन्मभूमिको पक्षमा फैसला गरिदिएको थियो । रामजन्मभूमिमा मन्दिर निर्माणका लागि सन् २०२० अगस्ट ५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपुजन तथा मन्दिर सिलान्यास गर्नु भएको थियो ।

सम्बन्धित समाचार