कला / साहित्यबिचार / ब्लगयो पनि

शनिवारकाे साहित्य

कविता

सम्राट चाैलागाई

गज्जब बनाएउ तिम्रो जीवन

तिमिले नभुल्ने गरि।

जताततै चर्चा र तिम्रै शरीर को

मूल्य तोक्ने गरि।

थिएन होला आमाले कोखमा

तिम्रो मूल्य तोकेको।

बाबाले पनि यत्ती मर्मको फल

पाउने भन्ने सोचेको।

होला परिबर्तन समयको तर

तिमिले तिमिलाइ फेर्यौ।

नयाँ नयाँ रुप अनि चारै तिर

सजावटलाइ हेर्य्यौ।

दुनियाले तिम्रो बैसको खुलेर नै

कुरा गर्दा रहेछन ।

आज हैन भोलि भनी भेट्ने

दिन गन्दा रहेछन।

दाजु भाइले किन भनी शोध्न

गारो बनाइ दियौ ।

भबिस्यमा खुशी साट्ने बाटो

बन्द गराइ दियौ।

कर्म गलत हैन होला तिम्रो

स्वार्थ धेरै भयो कि।

राम्रो लाउने मीठो खाने बानी नै

धेरै भयो कि।

गुरुको शिक्षा आफन्तको बिस्वास

कहाँ भुल्यौ।

एक पलको शुख पाउन आज

जीवन ब्यर्थ पार्यौ।

अब बिन्ती परिबर्तन गर तिम्रो

प्य।रो जिउने शैलि।

साना साना शुख खोज ठूलो बनाउ

आफ्नो बोली।

तिम्रो राम्रा कामको चारै तिर

गुन्जियोस सधै चर्चा।

बिन्ती अब कहिलेनि नहार है

छोड गलत बाटा।

आमा बाको सानो मनको सधै

घडा भर्देउ खुसिले।

शिर ठाडो बनाइ राख

इज्जत गरून तिम्रा साथिले।

अब तिम्रो शरीर हैन तिम्रो

कामको बाटो खुलोस।

भबिस्यमा तिम्रै कृति अनि

सफलताको नाम रहोस।

सम्बन्धित समाचार