दोलखा/जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सी काठमाडौँले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ को दुई वटा विद्यालयलाई १० थान कम्प्युटर सहित बिभिन्न शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सीका प्रोपाईटर वडा नम्बर ७ कुप्रिका स्थानीय कुलराज थापा र बिबुध लुईटेलले हरिकृत आधारभूत विद्यालय र साखिने आधारभूत विद्यालयलाई पाँच लाख बराबरको १० वटा कम्प्युटर उपलब्ध गराउनु भएको अभियन्ता राजन वस्नेतले बताए ।
नेपाली कांग्रेस दोलखाका पूर्व कोषाध्यक्ष समेत रहेका कुलराज थापाले यस अघि पनि बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, खाद्यान्न सामग्री तथा लताकपडाहरु उपलब्ध गराउदै आएका अभियन्ता वस्नेतले बताए ।
विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्ने कार्यक्रममा सहभागि जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सीका प्रोपाईटर आगामी दिनमा बालबालिकाको शैक्षिक निरन्तरताको लागि छात्रबृत्ति समेत उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
प्रोपाईटर थापाले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको गौरीशङ्कर बालगृह र भीमेश्वर नगरपालिका वडा नम्बर ६ को आमाको माया छात्रावासका बालबालिकाहरुको लागि शैक्षिक सामग्री सहितको स्कूल ब्याग र खाजाको प्याकेट उपलब्ध गराउनु भएको अभियन्ता वस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस्