प्रविधिसमाचार

चरिकोटमा एआई तालिम

दोलखा/गौरीशङ्कर सामुदायीक पुस्तकालय चरिकोट र मदन भण्डारी फाउण्डेशन दोलखाले शनिवारबाट सदरमुकाम चरिकोटमा दुईदिने एआई तालिम सुरु गरेको छ ।

तालिम उद्घाटन कार्यक्रममा एमाले नेता एवम् पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले एआईको विकासले रोजगारीमा असर गर्छ भन्ने भ्रम देखिएको उल्लेख गर्दै एआईको प्रयोगले नयाँ– नयाँ रोजगारीको अवसर प्राप्त हुने बताए ।

पूर्व मन्त्री पोखरेलले अहिलेको युगमा एआईको प्रयोग अनिर्वाय बनेको उल्लेख गर्दै यसको व्यवस्थित र ठिक ढङ्गले प्रयोग गर्न प्रविधिको ज्ञान आवश्यक हुने बताए । उनले एआईको काम जस्तै जननेता मदन भण्डारीको विचार पनि दूरदर्शी रहेको बताए ।

मदन भण्डारी फाउण्डेशन दोलखाका संयोजक कृष्ण बहादुर वस्नेतको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा फाउण्डेशनका बागमति प्रदेश सदस्य केशव चौलागाई, प्रशिक्षक अभिषेक तिवारी, निशा शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिममा पत्रकार, सामाजिक अभियन्ता, शिक्षक, युवा, विद्यार्थी लगायत ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार