कला / साहित्यबागमतीमनोरन्जनसमाचार

राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको अध्यक्षमा शिव सागर

काठमाडौँ/राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको अध्यक्षमा गीत÷संगीतकार शिव सागर खड्का निर्वाचित भएका छन् । कलाकारहरुको साँझा संस्था राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशनले रामेछाप स्थायी घर भएका गीत÷संगीतकार शिव सागरलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संघ उपत्यका विशेष समितिको बरिष्ठ उपाध्यक्षमा उद्धव घिमिरे, प्रथम उपाध्यक्षमा मीरा गिरी, उपाध्यक्षमा रामप्रसाद पाठक, प्रदीप चौलागाई, बिष्णुमाया पौडेल, देवप्रसाद साहनी, महिला उपाध्यक्ष मीरा तमाङ, महासचिव नयन सोडारी चिन्तित, उपमहासचिव बिष्णुकुमार गिरी (निश्चल), सचिव यमन खनाल, रामकृष्ण विक, मान बहादुर तमाङ, भीम केसी खत्री, सहसचिव पार्वती केसी, प्रवक्ता दिलकुमार विक, कोषाध्यक्ष अमृता रायमाझी र सहकोषाध्यक्ष सर्मिला सुनुवार निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रुपा (कमला) राणा, सपना सुना, दिल श्रेष्ठ, रिता गुरुङ, सम्झना कुमारी पौडेल, सागर माया शेर्पा, रामचन्द्र चौलागाई, शान्ति पुलामी मगर र प्रमोद श्रेष्ठ निर्वाचित भएका छन् ।
राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिका अध्यक्ष याम बहादुर जिसीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पत्रकार अजयवावु शिवाकोटी, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष विक्रम जंग शाह, निर्वतमान केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की लगायतको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिका सचिव नयन सोडारी चिन्तनले प्रगति प्रतिवेदन र आगामी कार्ययोजना तथा कोषाध्यक्ष शिव सागर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार