SKIP THIS

NAgarjun
अन्तरास्ट्रियमुख्य समाचारसमाचारस्वास्थ्य

नेपाली नयाँ बर्षमा ओसाकामा रक्तदान

रामचन्द्र गिरी

जापान/गैर आवासीय नेपाली संघ जापानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ । नेपाली नयाँ बर्षको २०८० सालको अवसरमा गैर आवसीय नेपाली संघ जापानको आयोजनामा जापान तथा क्षेत्रीय कार्यसमितीहरु र अन्य संघ संथाहरुको संयुक्त आयोजनामा जापानबासी सम्पूर्ण नेपालीहरुलाई लक्षित गरि बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

कान्साई क्षेत्रको ओसाकामा भयको रक्तदान कार्यक्रममा करिब २० जनाले रक्तदान गर्नु भयको एन आर एन ए कान्साई क्षेत्रका सचिव तथा कार्यक्रम सयोजक बिकास अधिकारीले जानकारी गराउनु भयो । कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्दै कान्साई क्षेत्रका सयोजक नर बहदुर थापाले यस्ता सामाजिक र पुन्याका काममा लागि आगामी दिनमा पनि आयोजना गर्ने बताउनु भयो । बिदेशमा रहेर पनि सामाजिक सेवा र नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने एनआरएनए जापानका उपाध्यक्ष महेश कुमार कटुवालले बताउनु भयो ।

सम्बन्धित समाचार