बागमतीमुख्य समाचारसमाचार

बाढी– पहिरोमा दोलखाको ३० भन्दा बढी घरमा क्षति

दोलखा/आईतवार रातिको अविरल बर्षा पछि आएको बाढी तथा पहिरोले दोलखाको बिभिन्न ठाँउका ३० भन्दा बढी घरहरुमा क्षति पु¥याएको छ । दर्जनौ परिवार विस्थापीत भएका छन् ।
अविरल बर्षाका कारण दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ खोर्थली सामुदायीक बनमा रहेको रिर्चाज पोखरी फुटेर मरिङ खोलामा बाढी आउदा वडा नम्बर ३ पाखाटोल र वडा नम्बर २ चम्केडाँडामा एउटा रिर्सोट सहित १० भन्दा बढी घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
पोखरी फुटेर मरिङ खोलामा आएको बाढीले वडा नम्बर २ चम्केडाँडाका सुन्दर नेपाली, सिता नेपाली, जोत्सा नेपाली लगायतका सात वटा घरमा क्षति पुगेको स्थानीय पीडित सुन्दर नेपालीले बताउनु भयो । बाढीका कारण आफ्नो भर्खर बनाएको एक तले आरसिसि घरमा क्षति पुगेको पीडित सुन्दर नेपालीले बताउनु भयो । बाढीले वडा नम्बर २ मा रहेको उर्डस रिसोर्टको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यसैगरी वडा नम्बर ३ पाखाटोलको शिव श्रेष्ठ लगायतका पाँच वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । बाढीले खेतीयोग्य जमिनमा समेत क्षति पु¥याएको छ । मरिङ खोलाको बाढीकै कारण वडा नम्बर २ दोलखा र वडा नम्बर ४ जिलु जोड्ने बेलिब्रीज बगाएको जिलुका स्थानीय हिरा चौलागाईले बताउनु भयो ।
अविरल बर्षा पछि खसेको पहिरोले दोलखाको विगु गाँउपालिका वडा नम्बर ४ खोलिखिम बजारको दुई वटा घर पुरेको र २० भन्दा बढी घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार