४ माघ चरिकोट
१४ किलोको मूला उत्पादन गर्ने कृषकलाई शैलुङ गाउँपालिका दोलखाले सम्मान गरेको छ । शैलुङ गाउँपालिका वडा नं १ दूधपोखरी, ठेकला घ्यूका कृषक पदमबहादुर घिसिङले १४ किलोको मूला फलाएर सबैलाई चकित पारेका हुन ।
कृषले त्यति ठूलो मूला खनेको जानकारी पाएपछि उत्साहित हुँदै गाउँपालिका अध्यक्ष भरत दुलालले कृषक तामाङलाई पालिकामै बोलाएर सम्मान गर्नुभएको हो ।
पालिकामा मूलासहित उपस्थित गराएर रु ७ हजार नगदसहित मूलालाई काँधमा राखेर प्रदर्शनी गर्दै अध्यक्ष दुलालले कृषकको सम्मान गर्नुभएको हो । पदमबहादुर शैलुङ गाउँपालिकाका चर्चित आलु उत्पादक हुन । कृषि उत्पादन, काठमाण्डौमा सप्लाई र तरकारी फलफूलको होलसेल र खुद्रा ब्यापार गर्दै आएका तामाङले लान्के जातको मूला बारीमा रोपेका थिए ।
“बर्षैपिच्छे आलुबारीमा मूला रोपिन्थ्यो यति ठूलो फलेको थिएन तर यस बर्ष फलेछ र यो थाहा पाएर गाउँपालिकाले सम्मान पनि गर्यो, खुशी लागेको छ” उनी भन्छन् । तामाङले र्भैँसी बाख्रा पालका छन् र यसको मलको प्रयोग गरी अर्ग्यानिक उत्पादन गरिरहेका छन् ।
देशले अहिले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेटहरु बनाइरहेका बेला रासायनिक मलको प्रयोग नगरी यस्ता उत्पादन गर्नु प्रशंसनीय काम हुन । शैलुङ गाउँपालिकाले पनि अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन र प्रबर्धन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्