अर्थ र ब्यापारप्रविधिबागमतीमुख्य समाचार

भीनपा ४ जिलूका सम्पूर्ण भागमा इन्टरनेट सेवा पुग्यो

२१ जेठ, जिलू
भीमेश्वर नगरपालिकाको वडा नं ४ जिलूमा मा इन्टरनेट सेवाले पूर्णता पाएको छ । पछिल्लो समयमा वेभ सर्फर कम्पनीले जिलू डाँडामा टावर राखी सेवा दिन थालेपछि जिलूका सबै टोलमा इन्टरनेटको पहुँच पुगेको हो । यो टावरले भीनपा ३, ५, वैत्यश्वर र शैलुङ गाउँपालिकाका केही स्थानमा समेत काम गर्ने बताइएको छ ।


चरिकोटबाट नजिकै भएपनि यस अघि पहाडी भूगोल भएका कारण नेट सेवा विस्तारमा समस्या भएको थियो । यद्यपि नेपाल टेलिकम, सुविसु कम्पनीले केही टोलमा आंशिक सेवा दिइरहेका थिए । स्थानीय युवाहरुको सक्रियता र आजको समयमा इन्टरनेटको महत्वलाई ध्यानमा राखी यो अभियानमा आफूले सहजीकरण गरेको वडा अध्यक्ष हरिवंश चौलागाईले जानकारी दिनुभयो । निर्माणाधीन पाण्डव पार्कको डाँडामा अर्को टावर राखेर जिलूलाई पूर्ण इन्टरनेटयुक्त वडा बनाइने अध्यक्ष चौँलागाइले बताउनुभयो ।


सेवा सञ्चालन गरेपछि आफूहरुले सदैव गुणस्तरीय सेवा प्रदान गर्न कटिबद्द रहने वेभ सर्फर दोलखाका सञ्चालक नवराज कार्कीले जानकारी दिनुभयो । हाल लक डाउनका कारण आम विद्यार्थीहरुको भविष्य र जनताको स्वास्थ्यलाई ध्यानमा राखी गाउँ गाउँमा सुपथ सेवा पुर्याइने सञ्चालक कार्कीको दावी छ ।

सम्बन्धित समाचार