बागमतीमुख्य समाचारसमाचारस्वास्थ्य

दोलखाः ८२ संक्रमित, २७ संक्रमण मुक्त

दोलखा/दोलखामा बुधवार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा ५३ जना भीमेश्वर नगरपालिकाका रहेका छन् । चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा एक सय ९४ जनाको स्वाव परिक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
भीमेश्वर नगरपालिका भित्र सबैभन्दा बढी वडा नम्बर ४ का ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ४ स्थित सर्व मावि जिलुको भवन निर्माणमा कार्यरत दुई चाईनिज सहित ३७ जना मजदुरलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।
त्यसैगरी वडा नम्बर १ को दुई जना, वडा नम्बर २ को एक जना, वडा नम्बर ३ को पाँच जना, वडा नम्बर ६ को पाँच जना र वडा नम्बर ७ को तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख खड्काले बताउनु भयो ।
भीमेश्वर नगरपालिका बाहेक शैलुङ गाँउपालिकाका १५ जना पुरुष र नौ जना महिला गरी २४ जना, बैतेश्वर गाँउपालिकाका दुई जना पुरुष, विगु गाँउपालिकाका एक जना पुरुष तथा कालिञ्चोक गाँउपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
बुधवार बैतेश्वर गाँउपालिकाका आठ जना पुरुष र सात जना महिला गरी १५ जना तथा भीमेश्वर नगरपालिकाका सात जना पुरुष र पाँच जना महिला गरी १२ जना कोरोना संक्रमण मुक्त भएको पनि स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
पुस्तकालयको सहयोग
गौरीशङ्कर सामुदायीक पुस्तकालय दोलखाले कोरोना संक्रमणको बेला फ्रण्टलाईनमा रहेर सेवा दिने बिभिन्न निकायलाई सवास्थ्य सामग्री (मास्क र सेनेटाईजर) सहयोग गरेको छ ।
गौरीशङ्कर सामुदायीक पुस्तकालयले जिल्ला प्रहरी कार्यालय दोलखालाई एक हजार थान मास्क र पाँच लिटर सेनेटाईजर, सशस्त्र प्रहरी बललाई पाँच सय थान मास्क र सेनेटाईजर, बैतेश्वर गाँउपालिकाको क्षेत्रपालाई सात सय थान मास्क र १० वटा सेनेटाईजर, भीमेश्वर नगरपालिका वडा नम्बर ५ लाई पाँच सय थान मास्क र ७० वटा सेनेटाईजर, लालिगुरास युवा क्लब चरिकोटलाई दुई सय थान मास्क र पाँच सय एमएल सेनेटाईजर, जिल्ला अदालत दोलखालाई ६० थान मास्क र छ थान सेनेटाईजर सहयोग गरिएको पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतले बताउनु भयो ।
उक्त स्वास्थ्य सामग्रहरु गौरीशङ्कर सामुदायीक पुस्तकालयको आन्तरीक स्रोतबाट खरीद गरेर सहयोग गरिएको पनि अध्यक्ष वस्नेतले बताउनु भयो ।

सम्बन्धित समाचार