दोलखा/दोलखा सदरमुकाम चरिकोटबाट प्रसारण हुदै आएको रेडियो शैलुङ सामुदायिक एफएम ९२ थोप्लो ७ मेर्गाहजलाई प्रगति बचत तथा ऋण सहकारी संस्था दोलखाले सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर दुईमा रहेको उक्त सहकारीले आफ्नो २२ औ वार्षिक साधारण सभाको अवसरमा रेडियोलाई नगद ५ हजार १ रुपैयाँ सहित सम्मान गरेको हो ।
रेडियोको माध्यमबाट सहकारी गतिविधि सम्वन्धी कार्यक्रम उत्पादन तथा प्रसारण गरि आम जनसमुदायमा सहकारी अभियान पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै अन्तराष्ट्रिय सहकारी वर्ष सन् २०१२ को अवसरमा स्थापन गरिएको सहकारी पत्रकारिता पुरस्कारबाट रेडियोलाई सम्माना गरेको हो । संस्थाले सो अवसरमा जेष्ठ शेयर सदस्य गोदमाया ओली, उत्कृष्ट व्यवासायि रमेश पकुवाल, उत्कृष्ट शेयर खरिदकर्ता राजेन्द्र सुवेदी, नियमीत बचतकर्ता सुवास ओली, उत्कृष्ट ऋृणि ईश्वर खड्कालाई सम्मान गरेको छ भने २०६७ सालको क्भ्भ् मा उत्कुष्ठ अंक ल्याउने सफल बालबचत कर्ताहरु एलिस ओली, सुरेश प्रसाद दाहाल, सुशीला सुवेदी, विजय कार्की, प्रकाश गौतम, सुमन कार्की, सञ्जीता गौतम, स्टालिङ दाहाल र सरीना थापालाई पनि नगद सहित सम्मान गरेको छ ।
सहकारीको २२ औ साधारण सभाले जगत बहादुर सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा प्रकाश सुवेदी, सचिवमा रामप्रसाद दाहाल र कोषाध्यक्ष नारायण कार्की चयन हुनु भएको छ । सदस्यहरुमा रामप्रसाद ओली, तिर्थ प्रसाद सुवेदी, गोकुल बहादुर थामी, कालिका अधिकारी, सोवीता सुवेदी, डम्वर प्रसाद ओली र तुलसा सुवेदी चयन हुनु भएको छ ।
साधारण सभामा संस्थाका सचिव रामप्रसाद दाहालले गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष २०७७÷०७८को प्रस्ताविक कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष नारायण कार्कीले छ करोड ३३ लाख ५२ हजार ९ सय ९७ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा लेखा समितिका संयोजक ढाल बहादुर कार्कीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्था अध्यक्ष जगतप्रसाद सुवेदीको अध्यक्षतामा भएको साधारण सभामा नेपाल बचत तथा ऋृण केन्द्रिय सहकारी संघ नेस्कुनका सञ्चालक समितिका जिवसराज खड्का, भीमेश्वर नगरपालिका सहकारी विभागका प्रमुख नारायणप्रसाद सेढाई, जिल्ला सहकारी संघ दोलखाका लेखा सुपरिवेक्षण समितिका संयोजक रत्न श्रेष्ठ, नेस्कुन फिल्ड कार्यालय दोलखाका श्यामराज तिमल्सिना लगायतले शुभकामना मन्तव्य गर्नु भएको थियो।
प्रतिक्रिया दिनुहोस्