कर्णालीधर्म/संस्कृतिमुख्य समाचारसमाचार

चन्दननाथ मन्दिरबाट चोरी भएको थप एकथान शङ्ख बरामद

जुम्ला/जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ स्थित चन्दननाथ मन्दिरबाट २०७३ साल मंसिर ११ गते चोरी भएको पुरातात्विक महत्वको मुर्ति लगायतका सामग्री मध्य बुधवार एउटा दाँया शङ्ख भेटिएको जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो ।
सोमवार पक्राउ परेका चन्दननाथ नगरपालिका वडा नम्बर १० बस्ने बर्ष ३२ को सुशील विष्ट, तातोपानी गाँउपालिका वडा नम्बर ८ घर भै हाल चन्दननाथ नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २८ को जयलाल थापा र चन्दननाथ नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २३ को सुदिप रावल मध्य जयलाल थापाले मन्दिरबाट चोरी गरेको मूर्ति तथा शङ्खहरु मध्य एउटा शङ्ख आफुले चन्दननाथ नगरपालिका वडा नम्बर १० खोलापानी स्थित खोलाको किनारमा लुकाएर राखेको बयान दिएको आधारमा प्रहरी अधिकारीहरु को उपस्थितिमा थापालाईनै उत्खनन् गर्न लगाउदा उक्त दाँया शङ्ख भेटिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनु भयो ।
मन्दिरबाट मुर्ति चोरी भए लगतै बिभिन्न धातुको मूर्तिहरु र मन्दिरका पुजारी चन्दननाथ नगरपालिका वडा नम्बर १ का चन्द्रमोलेश्वर गिरी भन्ने चन्द्रप्रसाद आचार्य र वडा नम्बर १ कै कृष्ण आचार्य पक्राउ परेका थिए । सोमवार मन्दिर चोरीको अभियोगमा थापा सहित थप तीन जना पक्राउ परेका थिए भने दुई थान मूर्ति बरामद गरिएको थियो ।

सम्बन्धित समाचार