बागमतीमुख्य समाचारराजनितिसमाचार

मजदुरका समस्या समाधान एमालेले मात्रै गर्छः शिवाकोटी 

दाेलखा/ नेकपा एमाले दोलखाका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मदेवार बालकृष्ण शिवाकोटीले एमालेले मात्रै मजदुरका समस्या समाधान गर्ने बताउनुभएको छ । आइतबार जिफन्ट दोलखाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा शिवाकोटीले प्रतिनिधि सभा सदस्यमा आफू निर्वाचित भएपछि हरेक मजदुर वर्गले महसुस गर्ने गरी काम गर्ने बताउनुभयो ।

उहाँले श्रमिकको हकहितका लागि कुनै कसर बाँकी नराख्ने र मजदुरलाई न्याय दिलाउन आफु प्रतिबद्ध भएर लागी पर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा १ का उम्मेदवार नर बहादुर श्रेष्ठले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनु भएको छ ।
उहाँले मंसिर ४ गतेको निर्वाचनमा आफुहरुको जित पक्का भएकोले मजदुरहरुको हित हुने गरी ऐन कानुन निर्माण गर्ने र सो को कार्यान्वयनका लागि काम गर्ने बताउनुभयो ।
प्रदेशसभाका उम्मेदवार श्रेष्ठले आफू मजदुर वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेकोले अब आउने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरी जिताउन आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार