राजनिति

प्रतिभाशाली युवा इन्जिनियर अभिषेक तामाकोशी गाउँपालिका अध्यक्ष उम्मेदवार


दोलखा : प्रतिभाशाली युवा इन्जिनियर अभिषेक सुवेदी नेकपा एमालेको तर्फबाट तामाकोशी गाउँपालिकामा उम्मेदवार चयन भएका छन्।


विद्यार्थीकाल देखि नै विलक्षण प्रतिभा भएका सुवेदी सिभिल इन्जिनियर हुन्, उनले आर्किटेक्चर इन्जिनियरिङमा पनि डिप्लोमा गरेका छन् ।


एमालेले राजनीतिमा युुवा तथा प्रतिभावान ब्यक्तिहरुलाई पनि प्रवेश गराउने र स्थानीय तहलाई विकासको गतिमा लैजाने अभियान पूरा गर्न अभिषेकलाई उम्मेदवार बनाइएको एमाले नेता इश्वरचन्द्र पोखरेलले जानकारी दिए।

अभिषेक अनेरास्ववियुको राजनीति गरेका विद्यार्थी नेता हुन् । अहिले पेशाले उनी इन्जिनियरिङ परामर्शदाता हुन् ।

२०६३ सालमा गोल्मेश्वरमा माविमा अखिलको प्रारम्भिक कमिटी अध्यक्ष बनेका सुवेदी २०६४ सालमा इलाका कमिटी अध्यक्ष बने ।

एस एल सी परीक्षामा विद्यालयको पहिलो डिक्स्टिङ्सन पोजिसन प्राप्त गर्ने उनी नै थिए।

२०६६ सालमा थापाथली इन्जिनियरिङ कलेजमा प्रारम्भिक कमिटीका अध्यक्ष बनेका २०६९ सालमा अखिलको केन्द्रीय आर्थिक विभाग सचिव भए।

२०७२ सालमा अखिलको २२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य, पोखरा विश्वविद्यालय इन्चार्ज र अनेरास्ववियु दोलखाको इन्चार्ज भए।

त्यस्तै २०७८ सालमा अनेरास्ववियुको केन्द्रीय स्थायी समिति सदस्य र बागमती प्रदेश सहइन्चार्ज भए ।

२०४७ सालमा जन्मेका सुवेदी सम्भवत नेपालकै कान्छो उमेरका युवा अध्यक्ष उम्मेदवार भएका छन् ।

पेशागत हिसाबले दक्ष र अब्बल रहेका सुवेदीले दोलखा गौरीशंकर गाउँपालिकाको रिङरोड डिजाइन गरेका थिए ।


शैलुङ गाउँपालिकाको यातायात गुरुयोजनाको डिजाइन पनि उनले नै गरेका थिए । यहाँका सडक देशब्यापी प्रचार भयो र गाउँपालिकाले उत्कृष्ट भएको पुरस्कार समेत पायो ।


पर्यटन मन्त्रालय अन्तर्गत बनेको नेपालकै पहिलो कुरी स्की एड्भेन्चर्स गुरुयोजना पनि उनैले बनाएका थिए, जुन दोलखाको कालिञ्चोकमा पर्छ।


त्यस्तै मेलुङ डाँडाखर्क बाटो डिजाइन र तामाकोसी किर्नेटार मोटरबाटो डिजाइन पनि उनैले गरेका थिए।


नेता भन्ने बित्तिकै पुराना, नपढेका र नजानेका मात्रै हुन्छन् भन्ने उक्तिलाई एमाले दोलखाले सीधा चुनौति दिएको छ।


पढेका, उर्जावान, भिजन भएका युवाशक्तिलाई एमालेले प्राथमिकता दिएको छ ।

सम्बन्धित समाचार