बागमतीमुख्य समाचारसमाचार

मानव अधिकार तालिम सम्पन्न

दाेलखा/नागरिक समाज संस्थाका प्रतिनिधि र मावन अधिकार रक्षकहरुको लागि दुई दिने मानव अधिकार रिर्पोटिङ संयन्त्र र नागरिक समाजको भूमिका विषयक दुई दिने प्रशिक्षण कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा सम्पन भएको छ । गत बिहिबार र शुक्रबार सञ्चालन भएको तालिममा दोलखा जिल्लामा क्रियासिल नागरिक समाज संस्थाका प्रतिनिधि र सञ्चारकर्मी गरी ३१ जनाको सहभागिता रहेको छ ।
जिल्ल्लामा मावन अधिकारको क्षेत्रमा लामो समयदेखी क्रियासिल रहदै आएको मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको पहिलो दिन नेपाल बार एशोसिएसन दोलखाका पुर्व अध्यक्ष सरोज उप्रेतीले र हुराडेक दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले सहजीकरण गर्नु भएको थियो भने तालिमको दोस्रो दिन जिल्ला अदालत दोलखाका श्रेष्तेदार शिव पोखरेल र जिल्ला न्याधिवक्ता प्रकाश मरासिनीले सहजिकरण गर्नु भएको थियो ।
मानब अधिकारको अबधारणा तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय संयन्त्रका बारेमा नागरिक समाज र मिडियाका प्रतिनिधिहरुलाई जानकार बनाउने र मानब अधिकारको क्षेत्रमा क्षमता अभिबृद्धि, अनुगमन तथा प्रतिबेदन लेखन कार्यमा बारेमा क्षमता विकास गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको हो । यसै गरी मानब अधिकारको संरक्षण र प्रर्बदनमा स्थानिय नागरिक समाजको भूमिका अभिवृद्धि र मानब अधिकार स्थानिय कार्ययोजना कार्यान्वयनको महत्वमाथि प्रकास पारी नागरीक समाजको भूमिका बारे स्पस्टता ल्याउने कार्यक्रम अर्को उद्धेश्य रहेको हुराडेक नेपाल दोलखाले जनाएको छ ।

तालिममा मानव अधिकारको आधारभूत अवधारणा, मुल्य मान्यता र मौलिक हक अनि अन्तर्राष्ट्रिय मानव अधिकारको कार्यन्वयन संयन्त्रका बारेमा छलफल गरिएको थियो । यसै गरी मानव अधिकार अवस्थाबारे सूचना तथा अनुगमन संयन्त्रको स्थानीय स्तरमा कार्यन्वयन र मानव अधिकार कार्यन्वयनमा नागरिक समाज संस्थाको भूमिका र राष्ट्रिय मानव अधिकार कार्यन्वयन संयन्त्र, मानव अधिकार सम्वन्धि राष्ट्रिय कार्ययोजनाको स्थानीय स्तरमा कार्यन्वयनका बारेमा पनि छलफल गरिएको थियो ।

सम्बन्धित समाचार