बागमतीसमाचार

प्रभावशाली जनप्रतिनिधिहरु एमाले प्रवेश गरेपछि अत्तालियो दोलखा माओवादी

२० असोज, चरिकोट


नेकपा एमाले दोलखाले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा माओवादीको निकै ठूलो टोली एमाले प्र्वेश गरेको छ । जिरी नगरपालिका वडा नं ५ का वडाध्यक्ष निमा साङ्गे शेर्पा, विगु गाउँपालिका वडा नं १ का वडाध्यक्ष हिरण्यबहादुर गुरुङ, कालिञ्चोक २ का वडा सदस्य विकास थामी, राष्ट्रिय कलाकार रमण थामी लगायत २ दर्जन माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।


नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले सबैलाई स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन् । माओवादीको कार्यशैलीप्रति वितृष्णा ब्यक्त गर्दै एमाले प्रवेश गरेको वडाध्यक्षद्वय शेर्पा र गुरुङले बताए । नेपाली कम्युनिष्ट आन्दोलनको एकमात्र भरलाग्दो पार्टी एमाले भएकाले आफूहरु खुशीसाथ प्रवेश गरेको उनीहरुले जानकारी दिए ।


आफ्ना नेता कार्यकर्ता भटाभट एमाले प्रवेश गर्न लागेको देखेर माओवादी नेताहरु सामाजिक सञ्जालमा अत्तालिएर अभिब्यक्ति दिन थालेका छन । नव प्रवेशीहरुलाई राम्रो जिम्मेवारी दिएर पार्टी काममा खटाइने एमाले अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार