अर्थ र ब्यापारमुख्य समाचार

जनसचेतन साकोसको चार बर्षे रणनीतिक योजना निर्माण कार्यशाला सुरु

५ भाद्र, मैनापोखरी


जनसचेतन साकोसले ४ बर्षका लागि रणनीतिक योजना बनाउन कार्यशाला सुरु गरेको छ । कार्यक्षेत्र विस्तार गरी देशको राजधानी काठमाण्डौ सम्म पुगेको अवस्थामा सहकारीका योजना, नीति र कार्यक्रमलाई नयाँ ढंगले लैजान योजना निर्माण गर्न लागिएको अध्यक्ष हेमन्त चौलागाइले जानकारी दिनुभयो ।

तीन दिनसम्म चल्ने यो कार्यशालामा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्कुन) बाट तीन जना सहजकर्ताहरुको ब्यवस्थापन गरिएको छ । कार्यशालामा अघिल्ला बर्षहरुमा संस्थाले सम्पन्न गरेका कार्यक्रमको गहन विश्लेषण गर्दै नयाँ व्यावसायिक योजना निर्माण गरिने छ ।

बदलिँदो परिस्थितिमा जनसचेतन जस्ता अग्रणी संस्थाले नयाँ सोचका साथ रणनीति निर्माण गर्नुपर्छ जसले गर्दा अन्य सहकारीलाई पनि सिकाइ हुन सक्छ, सहजकर्ता बल्लभ तिमल्सिनाले बताउनुभयो । कार्यशालामा सहकारीका सञ्चालक समिति र अधिकृत तहका कर्मचारीहरुको सहभागिता रहेको छ ।

संस्थाकै केन्द्रीय कार्यालय मैनापोखरीमा आयोजना गरिएको कार्यक्रम बागमती प्रदेश सहकारी संघका महासचिव भीम दहालले उद्घाटन गर्नुभएको हो ।

सम्बन्धित समाचार