दोलखा/महान्यायधिवक्ताको कार्यालय काठमाडौँले दोलखाको चरिकोट कारागारलाई महान्यायधिवक्ताको कार्यालयबाट प्रकाशित जर्नल, कथा, कविता, उपन्यास लगायत बिभिन्न विधाका पुस्तकहरु, कानुनका किताब समेत दुई सय ८० थान बिभिन्न पुस्तकहरु हस्तान्तरण गरेको छ ।
उक्त पुस्तकहरु जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनिले चरिकोट कारागार प्रमुखलाई हस्तान्तरण गर्नु भयो । उल्लेखित पुस्तकले कैदी वन्दिको व्यक्तित्व विकास तथा उच्च शिक्षा अध्यनको लागि सहयोग मिल्ने जिल्ला न्यायधिवक्ता मरासिनिले बताउनु भयो ।
महान्यायधिवक्ताले आफ्नो अधिकार प्रत्यायोजन गरी मातहतका अधिकृतलाई कारागार तथा हिरासतमा रहेका कैदी वन्दि तथा थुनुवाको अवस्था बारे अनुगमन गर्ने अधिकार दिए अनुसार नायव महान्यायधिवक्ता, सह न्यायधिवक्ताले कारागारको अनुगमन गर्ने क्रममा पुस्तक आवश्यक रहेको महसुश गरी उक्त पुस्तकहरु उपलब्ध गराईएको जिल्ला न्यायधिवक्ता परासिनिले बताउनु भयो ।
कैदी वन्दिलाई आवश्यकता अनुसार पुस्तकहरु उपलब्ध गराउन सकिए कानुनी ज्ञान संगै उच्च शिक्षाको लागि आवश्यक पाठ्यक्रमको ज्ञान प्राप्तिमा समेत सहयोग पुग्ने भएकोले महान्यायधिवक्ताको कार्यालयबाट पुस्तक उपलब्ध गराएर राम्रो थालनी भएको दोलखा जिल्ला वार ईकाइका केन्द्रीय पार्षद तथा पूर्व अध्यक्ष कृष्ण वस्नेतले बताउनु भयो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा दोलखा जिल्ला वार ईकाइका सचिव राजेन्द्रकुरमा श्रेष्ठ, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्