९ श्रावण, चरिकोट
दोलखा जिल्लाका चरिकोट र सिँगटी अस्पताललाई अक्सिजन कन्सेन्टेटर सहितका स्वास्थ्य सामग्री सहयोग गरिएको छ । भक्तपुर जिल्लामा कार्यरत “काम फर सन्टेनेबल डेभलपमेन्ट नेपाल” नामक संस्थाले यी दुई स्वास्थ्य संस्थालाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
प्रतिसेट दुइलाख तीसहजार मूल्य बराबरका अक्सिजन कन्सेन्टेटर मेशिन सिँगटीलाई ३ थान र चरिकोट अस्पताललाई २ थान हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण गर्दै संस्थाका संस्थापक सदस्य ब्रह्मध्वज गुरुङले कन्सेन्टेटर मेशिनहरु “काम फर सुद, स्वीट्जरल्याण्ड” को तर्फबाट प्राप्त भएको र आफ्नो पनि दोलखा जिल्लासँग पुरानो सम्बन्ध भएकोले सानो उपहार स्वरुप लिएर आएको जानकारी दिनुभयो । गुरुङले विगतमा सामुदायिक वन परियोजना मार्फत दोलखा जिल्लामा महत्वपूर्ण योगदान गर्नुभएको थियो ।
सहयोग सामग्री बुझ्दै भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत र कालिञ्चोक गाउँपालिका उपप्रमुख कालिका पाठकले कोभिड माहामारीका बेला संघसंस्थाको सहयोग महत्वपूर्ण रहेको साथै सहयोग भन्नेकुरा सानो नहुने र महत्वपूर्ण हुने बताउनुभयो । विपत्तिका बेला सहयोग गर्ने संस्था र ब्यक्ति सदैव धन्यवादका पात्र हुने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्