दोलखा/दोलखामा मंगलवार एक सय ७८ जनाको स्वाव परिक्षण गरिएकोमा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा भीमेश्वर नगरपालिकाका छ महिला र छ पुरुष गरी १२ जना, विगु गाँउपालिकाका एक महिला र चार पुरुष गरी पाँच जना, तामाकोसी गाँउपालिकाका १६ महिला र १८ पुरुष गरी ३४ जना, बैतेश्वर गाँउपालिकाका नौ महिला र आठ पुरुष गरी १७ जना, मेलुङ गाँउपालिकाका दुई जना पुरुष तथा जिरी नगरपालिकाका पाँच महिला र तीन पुरुष गरी आठ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
मंगलवार कालिञ्चोक गाँउपालिकाका ११ जना र तामाकोसी गाँउपालिकाका तीन जना गरी १४ जना कोरोना संक्रमण मुक्त भएको पनि स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जिल्लामा दोस्रो लहरका पाँच सय ८१ जना कोरोना संक्रमित रहेकोमा ३९ जना अस्पतालको आईसोलेशनमा उपचाररत रहेको तथा पाँच सय ४२ जना होम आईसोलेशनमा रहेको पनि कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्